बिर्तामोड, बैशाख २६ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालभरका अनपोलिस्ड र तीव्र गतिका बलिङ प्रतिभा खोजी गर्ने अभियान ‘बिट द स्पीडः सिजन २’ शुरु गरेको छ ।

कम्पनीले बिहीबार औपचारिक सुरुवात गरेको अभियान झापाको बिर्तामोडमा आइतबार हुन लागेको छ ।बिर्तामोडमा वैशाख २८ गते आइतबार कार्यक्रम हुन लागेको वर्ल्डलिंक बिर्तामोड शाखा प्रमुख प्रेम घिमिरेले जानकारी दिए । कार्यक्रम दिउँसो ४ बजे बिर्तामोड–५ सुन्दर नगर टोलस्थित बिर्तामोड स्पोट्र्स सेन्टरमा हुने घिमिरेले बताए । छनोट प्रतियोगितामा निःशुल्क सहभागिता रहेको उनले जानकारी दिए ।

देशभरबाट छानिएका शीर्ष १० तीव्र गतिका बलरहरूलाई काठमाडौंमा हुने ग्रान्ड फिनालेमा सहभागी गराइने र प्रथम हुनेलाई नगद १ लाख साथै भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको पूर्ण खर्च व्यहोरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए ।

त्यस्तै दोस्रो हुनेले नगद ५० हजार र तेस्रो हुनेले नगद २५ हजार प्राप्त गर्ने उनले बताए ।
बिहीबार मुलपानी क्रिकेट मैदानबाट राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू सोमपाल कामी, अनिलकुमार साह, आसिफ शेख, र ललित राजवंशीले संयुक्तरूपमा शुरु गरेको अभियान जनकपुर, लहान, राजविराज, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बर्दिबास, मलंगवा, गौर, बीरगञ्ज, हेटौंडा, चितवन, बुटवल, भैरहवा, लुम्बिनी, पाल्पा, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पोखरा हुँदै काठमाडौंमा पुगेर ग्राण्ड फिनाले हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्