झापा, बैशाख २६ । मापदण्डबिपरित बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा  अर्जुनधारा नगरपालिका वडा नम्बर ३ स्थित टाङटिङ खोलाबाट दुईवटा  स्काईभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो अन्दाजी ३ः३० बजे टाङटिङ खोलामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूको संयुक्त अनुगमन टोलीले बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा बा २ क ४६४७ नम्बर र नम्बर नखुलेको अर्कोगरी जम्मा २ वटा स्काईभेटर नियन्त्रणमा लिएको हो ।

अस्थाई प्रहरी चौकी खुदुनाबारीमार्फत स्काईभेटरलाई खोलाबाट निकाली स्थानीयको गाईफर्म नजिक सुरक्षित राखिएको छ । ती स्काईभेटर आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकामा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्