झापा, बैशाख २८ । करेन्ट लगाएर माछा मार्दा पाँचथरमा एक युवकको मृत्यु भएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं – ७ लुमाङदिन बस्ने २० वर्षीय इशारा थेगिमले हिजो साँझ ६ बजेतिर आफ्नो घरदेखि ७ किलोमिटर पूर्वमा रहेको वडा नं –६ स्थित नावा खोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मारेका थिए । त्यस क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय खान्द्रुङबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय रविबाट प्रहरी टोली आज बिहान गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्