बिर्तामोड , वैशाख २२ । कोरोना संकमणको त्रास बढेसँगै निसंक्रमण टनेल जडान सुरु गरेको मेची अभियानले यसको दायरालाई फराकिलो पार्दै लगेको छ ।

ट्राफिक प्रहरी कार्यालय अगाडिको टनेल

एकल र विभिन्न संघसंस्थाको सहकार्यमा निसंक्रमण टनेल जडान गर्दै आएको मेची अभियानले बिर्तामोडको मुक्तिचोकमा टनेल जडान गरेको हो । अभियानले पछिल्लोपटक जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड अगाडि मुक्तिचोकमा निसंक्रमण टनेल जडान गरेको छ ।

बिर्तामोडमा मनषा थाईफुड (मगमग चाउचाउ) को प्रायोजन र मेची अभियानको प्राविधिक सहयोगमा सर्वसाधारणले प्रयोग गर्न मिल्ने गरी निसंक्रमण टनेल जडान गरी राखिएको हो ।
कोरोना भाइरस संक्रमण रोक्ने उद्धेश्यले टनेल जडान गरेको अभियानका संयोजक विजय डालमियाले बताए । यसअघि अभियानले मेची अञ्चल अस्पताल परिसर भद्रपुर , जिल्ला प्रहरी कार्यालय चन्द्रगढी र इलाका प्रहरी कार्यालय काँकडभिट्टामा निसंक्रमण टनेल जडान गरेको छ । काँकडभिट्टाको टनेल स्थानीय क्षेत्रका सहकारीहरुको सहकार्यमा जडान गरिएको हो । दुई पांग्रे सवारी साधन निसंक्रमण गर्न मिल्ने गरी चारआलीमा पनि निसंक्रमण टनेल जडान गरिएको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरण परिसरमा पनि निसंक्रमण टनेल जडान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्