झापा बैशाख २२ । हालसम्म ६ वटा प्रदेशमा कोरोना भाइरस रोगको संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश सरकारको बैठक

७५ जना संक्रमितहरु कर्णाली बाहिरका रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले कर्णाली बाहेक सबै प्रदेशमा संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार हालसम्म सबैभन्दा धेरै प्रदेश नम्वर १ मा ३१,प्रदेश नम्वर २ मा १३,बाग्मती प्रदेशमा ७,गण्डकी प्रदेशमा २,प्रदेश नम्वर ५ मा १७ र सुदुरपश्चिम प्रदेशमा ५ गरी जम्मा ७५ जनामा संक्रमण पुष्टि भएको छ । देवकोटाले हालसम्म पिसीआर मार्फत १३ हजार ६ सय ४० जनाको नमुना परीक्षण भएको जानकारी दिए । उनका अनुसार २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा बसिरहेको काठमाडौंमा १ र उपत्यका बाहिर १ सय ५ गरि जम्मा १ सय ६ जना आइसोलेसनमा छन् ।

कर्णाली प्रदेश ७ दिनसम्म सिल गरिने

यसैबीच, सिमा क्षेत्रमा कोरोना भाइरस रोगको संक्रमण बढेपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गरिने भएको छ । आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएको भन्दै रोकथामका लागि यस्तो निर्णय गरेको हो । सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले ७ दिन कर्णाली पूर्ण रुपमा सिल हुने जानकारी दिए ।उनका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने छ । बैठकले २५ स्थानमा टोली खटाउने निर्णय गरेको भए पनि डोल्पाका दुई स्थान थप गरिएको उनले बताए । गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिनेछ ।मन्त्री रावलले स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, दु्रत परीक्षण (आरडीटी) समेत गर्ने बताए । सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गरिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्