मेचीनगर,मंसिर २२ । १ नम्बर प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने उद्घेश्यअनुसार सोमबार झापाको दुईवटा नगरपालिकाबाट सडकमा बस्ने आठजना महिलाहरुलाई आश्रममा पठाइएको छ ।

सडकमा रहेका महिलाको उद्धार गरिदैँ फोटो खगेन्द्र घिमिरेको फेसबुकबाट

मेचीनगर नगरपालिकाका—५ तथा बिर्तामोड नगपालिकाका—३ मा गरी कुल आठजनालाई १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा विराटनगरको मानव सेवा आश्रममा पठाईएको सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले बताइन् । उनका अनुसार लकडाउनका कारण अहिले मानसिक सन्तुलन गुमाएका वा अन्य कारणले विचल्ली भएर सडकमा बस्न बाध्यमध्ये महिला बढी जोखिममा परेकाले उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर आश्रममा लगिएको हो ।

सडकमा बिचल्लीमा रहेका महिला

उनीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट थ्रोट स्वाब संकलन गरी स्वास्थ्य परीक्षण गर्ने र त्यसपछि नतिजा नेगेटिभ आए आश्रममा लैजाने तर पोजेटिभ आए कोरोना अस्पतालमा लगेर उपचार गर्ने राज्यमन्त्री गजमेरले जानकारी दिइन् ।
मेचीनगरको काँकरभिट्टाबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीको सहयोगमा नगरपालिकाको एम्बुलेन्समा राखेर विराटनगर पठाइएको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।

सडकमा बिचल्लीमा रहेकी अर्की महिला

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्