झापा , जेठ १६ । रौतहटको इशनाथ नगरपालिकाको जोकाहाटोलमा रहेका कोरोना संक्रमितलाई अन्यत्र उपचार गर्न लैजान लागेको भन्दै प्रहरी र स्थानीयबीच झडप भएको छ ।

फाइल तस्वीर

इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामिक मदरसामा बनाइएको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएका दुवैजनालाई उपचारका लागि जिल्लाकै गरुडास्थित प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा ल्याउन शुक्रबार बिहान चिकित्सक र सुरक्षाकर्मीको टोली पुग्दा विवादले उग्ररुप लिएपछि झडप भएको बताइएको छ । स्थानीयले कोरोना संक्रमितलाई जोकाहामा नै राखेर उपचार गर्नुपर्ने माग राख्दै विरोध गरेको इशनाथ नगरपालिका प्रमुख सन्तोष मेहताले जानकारी दिए । संक्रमित रहेको स्थान जोकाहाबाट गरुडास्थित प्रहरी विद्यालय करिब २५ किलोमिटर टाढा रहेको छ । स्थानीयले जोकाहामै रहेको क्वारेन्टाइनमा राखेर संक्रमितको उपचार गर्न माग गरेपछि विवाद हुँदा झडप भएको मेयर मेहताले बताए । स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड भन्दाबढी हवाई फायर गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्