झापा, जेठ २४ । प्रादेशिक अस्पताल सेतीमा डायलाइसिसका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस रोग(कोभिड पोजेटिभ)को पुष्टि भएको छ ।

मिर्गौला रोग पीडित धनगढी ४ की ५५ वर्षकी महिलाको डायलासिसका क्रममा मृत्यु भएको थियो । उनको जेठ २३ गते दिउँसो १२ बजे डायलाइसिस गर्दै गर्दा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनले महिलामा कोरोनाका कुनैपनि लक्षण नदेखिएको तर पछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको बताए । योसंगै कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्