बिर्तामोड, जेठ २४ । निर्माण व्यवसायी संघ झापाले कोरोना परीक्षण प्रयोगशाला निर्माणका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ ।

संघले प्रयोगशाला सञ्चालनका लागि ‘एकका लागि एक’ अभियानलाई आज सो सहयोग प्रदान गरेको हो । संघका अध्यक्ष मिलन बस्नेतले झापामा पीसीआर ल्याबको आवश्यकता देखिएकाले त्यसका लागि सहयोग गरेको बताए । कार्यक्रममा अध्यक्ष बस्नेतले बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बीरता जेसीज सन् २०२० का अध्यक्ष मिजास पोखरेल लगायतलाई चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्