मेचीनगर, असार २२। मेचीनगरमा रोकिएको नगरसभाको मिति तोक्ने कसरत जारी छ । मिति तय गर्नका लागि आज नगरपालिकाको बैठक बस्ने जनाइएको छ ।

असार २४र २५ गतेमध्ये एउटा मिति तय गर्ने तयारीका साथ बैठक बस्ने तयारी भएको जनाइएको छ । यसबाट बजेट बिनियोजनमा बिवाद भएपछि असार १० गते बस्न नसकेको मेचीनगरको नगरसभा गर्ने बाटो खुल्ने छ । नगरप्रमुख र उपप्रमुखबीच बजेट बाँडफाँडमा बिवाद भएपछि असार १० गते बोलाइएको नगरसभा शुरु नै नभइ रोकिएको थियो ।नगरप्रमुखको नेतृत्वमा रहेको बजेट सीमा निर्धारण समितिको बैठकबाट आगामी आर्थिक वर्ष २०७७—०७८ का लागि नगरको बजेटको सिलिङ एक अर्ब ६ करोड ६० लाख निर्धारण गरेको छ । बजेट सीमा निर्धारण समितिले प्रस्तुत गरेको बजेटको सिलिङलाई उपप्रमुखको नेतृत्वमा रहेको बजेट तर्जुमा समितिको बैठकले असार १८ गते पारित गरेपछि नगरसभा गर्ने बाटो खुलेको थियो । यद्यपि,नगरसभाको बैठक आज तोकिने छ ।यसअघि मुख्य बिवाद रहेको भनिएको वडागत बजेट सिलिङ र कार्यपालिका सदस्यहरुलाई योजना छनोटमा बजेट निर्धारण गर्ने बिषयमा समेत सहमति जुटेकाले नगरसभा बस्ने तयारी भएको बुझिएको छ ।आगामी वर्षको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र पशुपालनलाई प्राथमिकतामा राखिएको बजेट निर्माणमा जुटेका एक प्रतिनिधिले बताए । नगरसभाले अनावश्यक खर्च कटौती गर्ने नीतिलाई कार्यान्वयन गर्न एजेन्डा नै पास गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्