मेचीनगर , माघ २८ । मेचीनगरको इट्टाभट्टास्थित आदर्श माध्यमिक विद्यालयमा योगेश दाहालको सभापतित्वमा नेविसंघ एकाइ समिति गठन भएको छ ।

दाहालको नेतृत्वमा ५१ सदस्यीय समिति चयन भएको हो ।
समितिको उपसभापतिमा अजित राजवंशी, डोल्मा शेर्मा, जमुना राजवंशी र स्मिति गौतम तथा सचिवमा नविन फुयाँल र सुनिता राजवंशी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सहसचिवमा प्रतिमा घिमिरे, उमा अधिकारी, झर्ना लिङदेन, विश्वजित राजवंशी, निशा नेपाल र जस्मीन घिमिरे तथा कोषाध्यक्षमा कौतली राजवंशी, राजेश श्रेष्ठ र लिली राजवंशी चयन भएका हुन् ।
निशा नेपालको सभापतित्वमा भएको कार्यक्रममा नेविसंघ झापा जिल्ला सहसचिव सुरज सुवेदी, नेविसंघ झापा जिल्ला सदस्य मोनिका ढुङ्गाना, त्रिदेव नेविसंघ एकाइ सचिव सौरभ बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा नेविसंघ झापा जिल्ला सहसचिव सुवेदी र त्रिदेव नेविसंघका एकाइ उपसभापति अर्जुन गौतमले आ–आफना धारणा राखेका थिए ।
नेविसंघ झापा जिल्ला सदस्य कल्पना थापाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन रोशन पोखरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्