दमक, फागुन ४ । दुवै मिर्गाैला खराव भएका झापा, कमल गाउँपालिका ४ मिलडाँडाका ७ बर्षिय चेतवहादुर (एलन ) नेम्बाङको उपचारमा सघाउ पुर्याउन वेलायतमा बस्दै आएका नेपालीहरुले एक लाख ५० हजारवढी आर्थिक सहयोग उपलव्ध गराएका छन् ।

नेम्बाङ कल्याण समाजको पहलमा वेलायतमा बस्दै आएका चुनौती नेम्बाङ लुङफूङवा र पालमविद सुर्वण नेम्बाङले ५१ जना दातावाट संकलन गरेको १ लाख ५८ हजार २ सय ७३ रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
सोमबार पीडितको घरैमा पुगेर समाजका केन्द्रीय अध्यक्ष भिम नेम्बाङसहितको टोलीले विरामीका बुबा कृष्ण र आमा हिमाकुमारीलाई रकम हस्तान्तरण गरिएको समाजका केन्द्रीय सचिवालय सदस्य सागर नेम्बाङले वताए । आफ्ना समुदायको सुखदुखमा यस संस्था सधै क्रियाशील भएको बताउँदै अध्यक्ष नेम्बाङले यस्ता सहयोग कार्य निरन्तर रहने बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष बन्दना नेम्बाङ गायत सदस्यहरुको उपस्थिति रहेको थियो ।
पाँचथर रानीटार निवासी नेम्बाङ तीन वर्षदेखि परिवारसहित कमल ४ मिलडाँडामा बस्दै आएका छन् । विरामीका वुवा कृष्णका अनुसार एक वर्षदेखि दुवै मिर्गाैलामा समस्या आएको हो । छोराको उपचारमा हालसम्म २८ लाख बढी खर्च भईसकेको र हाल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको उनले वताए । स्थानीय वर्णमाला पाठशालामा अध्यननरत उनको उपचारमा स्वदेश तथा विदेशबाट समेत २० लाखका हाराहारीमा सहयोग रकम जुटेको उनले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्