भद्रपुर , चैत २२ । प्रतिबन्धित ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका वडा नं. २ सुकुनाडिगी बस्ने २८ वर्षिय संजय लामा रहेका छन् । आइतवार दिउँसो १.५० बजे कचनकवल गाउँपालिका वडा नं. २ सुकुनाडिगीमा लागूऔषध बिक्री भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले लामालाई खानतलासी गर्दा २५ ग्राम ५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

लागूपदार्थ र लागूऔषध नापतौल गर्न प्रयोग गरिने डिजिटल तराजुसहित उनलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्