बिर्तामोड , चैत २२ । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्य समिति झापाको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

समाजका अध्यक्ष विष्णुबहादुर बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष विकेन्द्रदीप बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र बुढाथोकीले स्वागत गरेका थिए । बिर्तामोड नगरपालिका –९ नडियाबारीमा रहेको समितिको सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष विष्णुबहादुर बुढाथोकीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यसमितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बुढाथोकीले जग्गादाता स्व.कटकबहादुर बुढाथोकीका छोराहरु काजी र पदम बुढाथोकी,स्व.मकरबहादुर बुढाथोकीका छोराहरु अर्जुन र भीष्म बुढाथोकीबाट प्राप्त चार कट्ठा जग्गामा जिल्लाभरका बुढाथोकी बन्धुहरुको सहभागितामा कूल मन्दिरसँगै सुविधासम्पन्न सामुदायिक भवन निर्माण सम्पन्न भई आफ्नै भवनमा समाजको कार्यक्रम सहजरुपमा सञ्चालन गर्न पाउनु हर्ष र गौरवको विषय भएको बताए। त्यस्तै कोषाध्यक्ष योगेन्द्र बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्लाका १५ वटै पालिकाका बुढाथोकी बन्धुहरुबाट सहयोगस्वरुप संकलित कूल ८६ लाख४१ हजार ९४६ रुपैयाँमध्ये खर्च सामुदायिक भवन निर्माणतर्फ ७३ लाख ८० हजार रुपैयाँ तथा विवाह मण्डव र अन्य भौतिक संरचना निर्माण समेत गरी कूल खर्च ८३ लाख ९हजार ७५४ रुपैयाँ भई बचत ३ लाख ३२ हजार १९२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सोही अवसरमा जग्गादाता स्व.मकरबहादुरकी पत्नी तलमाया बुढाथोकी, स्व.कटकबहादुरकी पत्नी मैयादेवी बुढाथोकी तथा पाँच लाख बढी सहयोग गर्ने हरिभक्त बुढाथोकी र ज्ञानबहादुर बुढाथोकी, एक लाख बढी सहयोग गर्ने दाता केशवकुमार बुढाथोकी, अमृतबहादुर बढाथोकी, विकेन्द्रदीप बुढाथोकीलगायत सयभन्दा बढीलाई कदरपत्रसहित सम्मान गरिएको छ । त्यस्तै ८० वर्ष माथिका २२जना जेष्ठ नागरिकलाई ढाका टोपी, लाठीलगायत उपहार तथा दोसल्लाले सम्मान गरिएको थियो।
कार्यक्रममा बिशिष्ठ अतिथि पूर्वमन्त्री केशवकुमार बुढाथोकी,केन्द्रीय सदस्य अमृतबहादर बुढाथोकी, केन्द्रीय लेखा समिति सदस्य विपिन बुढाथोकी, ताप्लेजुङ्ग अध्यक्ष चैतन्य बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव काजी बुढाथोकी र कुमार बुढाथोकीले गरेका थिए ।

यसैबीच, साधारणसभाको बन्दसत्रले समाजको अध्यक्षमा योगेन्द्र बुढाथोकीलाई चयन गरेको छ ।
तीनवर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा गणेशबहादुर बुढाथोकी, सचिवमा काजी बुढाथोकी र कोषाध्यक्षमा गीता बुढाथोकी चयन भएका छन्। त्यस्तै सदस्यमा अर्जुन बुढाथोकी, सरिता बुढाथोकी, निशा बुढाथोकी, खम्बासिंह बुढाथोकी, कुमार बुढाथोकी, कविता पौड्याल बुढाथोकी,रुद्र बुढाथोकी, डम्बरबहादुर बुढाथोकी, देवीबहादुर बुढाथोकी,देउमान बुढाथोकी र हेमबहादुर बुढाथोकी रहेका छन्।
त्यस्तै सभाले इन्द्रबहादुर बुढाथोकी संयोजक तथा कृष्णप्रसाद बुढाथोकी र वविता बुढाथोकी सदस्य रहेको तीन सदस्यीय लेखा समिति चयन गरेको छ भने डिकबहादुर बुढाथोकीलाई सल्लाहकार समितिको संयोजकमा चयन गरेको निर्वाचन समितिका सदस्य रामकुमार बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्