झापा, असोज २ । कचनकवल –५ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पाठामारीको निर्माणाधीन भवनमा गएराति तोडफोड हुँदा ३ लाख बराबरको क्षति भएको छ ।

तोडफोडमा संलग्न ३ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान बढाएको छ । पक्राउ पर्नेमा स्थानीय कचनकवल–५डाँगावारी बस्ने १७ बर्षीय विशाल माझी , १७ बर्षीय सन्तोष गणेश र १८ बर्षीय धिरन गणेश रहेका छन् । तोडफोडबाट बिजुलीको सम्पूर्ण वाईरिङ , पंखा, बत्ती ,झ्यालका सीसा , खानेपानीको ट्यांकी ,बाथरुमका सामग्रीलगायतमा क्षति पुगेको छ ।

उक्त नयाँ भवन निर्माणका लागि स्थानीय समाजसेवी जग्गादाता उखारु गणेशले ७ कट्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । उक्त जग्गामा निर्माण सम्पन्नको अन्तिम समयमा निर्माण कम्पनीले भवन औपचारिक रुपमा हस्तान्तरण नगरे पनि सशस्त्र प्रहरीले नियमित सुरक्षा प्रदान गर्दै आएको थियोे । सशस्त्र प्रहरीको हाल सञ्चालनमा रहेको अस्थायी प्रहरी ब्यारेकभन्दा झण्डै १ किलोमिटर उत्तर मेची नदीको किनारमा बनेको भवन हस्तान्तरण नहँुदै तोडफोड हुनु दुखद भएको वडाध्यक्ष नुर आलम बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्