झापा , फागुन २ । झापाको मेचीनगर नगरपालिका-६ बाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी काँकरभिट्टाबाट सिमावर्ति क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली गरी चोरी निकासी गरी भारतबाट नेपालतर्फ ल्याउदै गरेको कपडा, जुत्ता चप्पल, चकलेट र बिडी समेत गरी करिव १ लाख ४ हजार मुल्य बराबरको सामान र नेपालबाट भारत तर्फ लादै गरेको करिव ३० हजार मुल्य बराबरको कस्मेटिक सामानहरु बरामद गरेको हो । बरामद भएका उक्त सामानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्