झापा, फागुन ९ । कनकाई नगरपालिका ४ मा रहेको शिवशनि परोपकार संस्थाका युवाले १५ लाखको लागतमा गाउँमै शिवालय मन्दिर निर्माण गरेका छन् ।

शिवरात्रीको अवसर पारेर सो मन्दिर उद्घाटन गरिनुका साथै शिवमुर्तिलाई प्राण प्रतिष्ठा गरिएको छ ।

युवाहरुले स्थानीय कनकाई माविको ५ कठ्ठा जमिनलाई घेरावारा गरी सुन्दर मन्दिर र फूलवारी निर्माण गरेका हुन् । नवनिर्मित मन्दिरको झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँवा लिम्बू, प्रदेशका पूर्व कृषिमन्त्री हिराकुमार थापा, सताक्षीधाम गौशालाका नन्दकिशोर भारद्वाज, कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोशन सुवेदी, कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओलीलगायतले उद्घाटन गरे ।

पछिल्लो समय युवाहरु धर्म सस्कृतिभन्दा पनि विकृति र कुलतमा फसिरहेका कारण आफूहरुले युवालाई सत्कर्ममा लगाउनका लागि गाउँमै मन्दिर निर्माण गरेको शिवशनि परोपकार संस्थाका अध्यक्ष तुलाराज विश्वकर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्