झापा, फागुन ११ । नेपाल-भारत सीमा क्षेत्रमा अवैध बाख्रासहित पिकअप गाडी र मानिस प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधवार राति ९.५५ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले मे.१ च.४७३३ न.को पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा अन्दाजी मूल्य ७७ हजार ५०० रुपैयाँ बराबरको ३१ वटा बाख्राहरु अवैध रुपमा नेपालबाट भारततर्फ लैजादैं गरेको अवस्थामा फेला परेको थियो ।

उक्त गाडी अन्दाजी मूल्य १० लाखबराबरको गरी जम्मा १०लाख ७७ हजार ५०० बराबरको बाख्रा, गाडी र सोही गाडीका चालकहरु झापा वडा नं ३ बस्ने २६ वर्षिय सेख असरत र २९ वर्षिय रकमुदिन मियासमेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्