झापा , फागुन २४ । झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा झापा गाउँपालिका वडा ५ बस्ने २२ वर्षिय देवेन्द्र चौधरी (समिर) र मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारी बस्ने २४ वर्षिय खातिबुल महमद रहेका छन् ।
बुधवार बिहान ११.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.१लसुनामा देवेन्द्र चौधरी (समिर) लाई चेकजाँच गर्दा उनको २ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

त्यस्तै बुधवार दिउँसो ४.४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.६ मेची पुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले खातिबुल महमदलाई चेकजाँच गर्दा उनको साथबाट १ग्राम ५००मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्