झापा, चैत ५ । दमक ८ स्थित घरबाट गत चैत १ गतेदेखि हराइरहेकी एक ८३ बर्षिया बृद्धाको शव झुण्डिएको अवस्थामा आइतबार फेला परेको छ ।

एकाएक परिवारको सम्पर्क बाहिर रहेकी गोमादेवी पौडेलको शव चुलाचुली मोडस्थित रतुवामाई वृक्षरोपण आयोजनाको वनक्षेत्रमा आइतवार साँझ फेला परेको हो । उनको शरीर सड्न थालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । उनको शव परीक्षणका लागि दमक अस्पतालमा राखिएको छ ।

मृतक पौडेल पति गोेरख पौडेल र साइलो छोराबुहारीसहित दमक ८ स्थित आफ्नै घरमा बस्दै आएकी थिइन् । उनका चार छोरा र दुई छोरीसहित नाति, नातिना छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्