एजेन्सी । किलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् ।

यसअघिका कप्तानगोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो । सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूणर् योगदान पुर्‍याएका एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोपियन फुटवलमा नयाँ चमात्कार देखाउने विश्वास गरिएको छ । हाल एम्बाप्पे पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबबाट व्यवसायिक फुटबल खेल्छन् , जहाँ लियोनेल मेस्सीसहितका विश्व चर्चित खेलाडीहरु आबद्ध रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्