झापा, चैत १० । ग्रामीण महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा तीन दिने उद्घोषण तथा माइन्युट लेखन तालिम शुक्रवारबाट शुरु भएको छ ।

गौरीगञ्ज गाउँपालिका ३ न. वडा कार्यालयको आयोजना तथा नमस्ते टेक्निकल इन्स्टिच्यूट एण्ड कन्सल्टेन्सी प्रालिको प्राविधिक सहयोगमा सो तालिम संचालन गरिएको हो । वडाध्यक्ष श्रवण गिरीको अध्यक्षतामा भएको कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले तालिमको उद्घाटन गरिन् । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजवंशी , उपाध्यक्ष पुजन न्यौपाने कुँवर , नमस्ते टेक्निकल इन्स्टिच्यूट एण्ड कन्सल्टेन्सी प्रालिका डिएल राजवंशीलगायतले मन्तव्य राखेका थिए ।

वडाभरिका ३० जना महिलाहरुको सहभागिता रहेको सो तालिमको प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्