झापा, चैत १२ । सहारा नेपाल साकोस एकीकृत कर्मचारी संगठनको नयाँ कार्यसमिति चयन भएको छ ।

हिजो बिर्तामोडमा भएको संगठनको दोस्रो महाधिवेशनबाट यादवप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा टेकप्रसाद अधिकारी,उपाध्यक्षमा टोमप्रकाश दाहाल,महिला उपाध्यक्षमा रमिता गुरुङ,सचिव सालिकराम भट्टराई,कोषाध्यक्ष विश्वास निरौला र उपसचिवमा कुलप्रसाद प्रसाई चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा युवराज दर्लामी मगर, विशाल निरौला, किशन मुर्मू,भविन्द्र तुम्बापो, रेवतीप्रसाद घिमिरे, विष्णु घिमिरे, अञ्जना श्रेष्ठ र गौरी सुवेदी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्