झापा, चैत १४ । घरेलु टिम विराटनगर सिटी सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ ।

विराटनगरस्थित सहिद मैदानमा गएराति भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल यूथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो ।
जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए । जावलाखेलको तर्फबाट हिसुव थपलियाले सान्त्वना गोल फर्काए ।

म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । आज हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साबिक विजेता विभागीय टिम एपीएफबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्