कुमरखोद , चैत १६ । झापा गाउँपालिकामा बिहीवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी कुमरखोद उपशाखाद्वारा आफ्नै भवनमा एक दिवसीय आँखा शिविर संचालन गरिएको थियो । आँखा शिविरमा महिला १०३ र पुरुष १३७ जना गरी २४० विरामीले आँखा परीक्षण गराएको कुमरखोद उपशाखाका सभापति सुन्दरलाल गणेशले बताए ।

शिविरमा औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा ४० जना मोतिया विन्दुको रोगी फेला परेका थिए । उनीहरुलाई मेची आँखा अस्पतालले निःशुल्क अप्रेशन गरिदिने कुमरखोद उपशाखाकी सहसभापति कल्पना खड्काले बताईन् । आँखा शिविरमा प्राविधिक सहयोग मेची आँखा अस्पतालले गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्