झापा, चैत २७ । नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यमा झापाका ६ जना निर्वाचित भएका छन् ।

बिर्तामोडका सुरेन राजवंशी , राजेन्द्र पन्धाक , तारा चाम्लिङ, गौरादहका चन्द्र सुब्बा, भद्रपुरका दयालाल राजवंशी र मेचीनगरकी रोशनी मेचे केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

महासंघको अध्यक्षमा पासाङ शेर्पा निर्विरोध निर्वाचित भएका छन् । महासंघको दोस्रो महाधिवेशनले सर्वसम्मतरूपमा पासाङलाई अध्यक्ष र पेम्बा गुरुङ भोटेलाई महासचिव चयन गरेको हो ।
अध्यक्षमा निर्वाचित शेर्पा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य हुन् । त्यस्तै पेम्बा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव तथा संविधानसभा सदस्य हुन् । महासंघको उपाध्यक्षमा मीना गुरुङ, विजय लोप्चन, देवनारायण चौधरी र ज्ञानेन्द्र पुन सर्वसम्मत भएका छन् भने उपमहासचिवमा देवराज राई र प्रेम श्रेष्ठ निर्वाचित भएका छन् ।

आठजना सचिवमा महिलाबाट हिरुसरा राना, मधेसबाट सर्लाहीकी शान्ति लामा पाख्रिन, बागमतीबाट मन्दिरा श्रेष्ठ, कर्णालीबाट सोना छिरिङ लामा, कोशीबाट श्याम तुम्रोक, बागमतीबाट हर्कमान तामाङ, गण्डकीबाट हुम गुरुङ, लुम्बिनीबाट विवेक श्रेष्ठ चयन भएका छन् ।

महासंघको कोषाध्यक्षमा ज्योति लामा चयन भएका छन् । महाधिवेशनबाट २२१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्