झापा, साउन १५ ।गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३–२०२५ को नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।

आइतवार भएको अनलाईन भोटिङको नतिजा साँझ सार्वजनिक भएको हो । गंगाराज राईको संयोजकत्वमा बनेको निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा बुद्धि गुरुङ र महासचिवमा डा.केशव थापा निर्वाचित भएका छन् ।
विभिन्न २४ पदका लागि चुनावी मैदानमा ४४ जना उत्रिएका थिए । कुल मतदाता ४४५८ रहेकोमा ३७६६ मत अर्थात् ८४.४८ प्रतिशत मत खसेको थियो।

निर्वाचित हुने पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान निर्वाचित भएकी छन् । त्यस्तै उपाध्यक्षहरुमा तारा पुन मगर , हरिप्रसाद भट्टराई र सुनिल कन्दङवा लिम्बू ( बिर्तामोड ) निर्वाचित भएका छन् ।

यसैगरी महिला उपाध्यक्षमा आरती ह्योल्मो , युवा संयोजक युविन श्रेष्ठ , कोषाध्यक्ष भक्तबहादुर गुरुङ , सह–कोषाध्यक्ष विष्णु बुढाथोकी (झापा) , सचिव पुस्कर बुढाथोकी र कमल भण्डारी , महिला संयोजक निला राई निर्वाचित भएको बताईएको छ । यसैगरी सदस्यहरुमा सपना अधिकारी ,बिन्दु शाह , बिष्णुबहादुर रखाल ,बिष्णु रेग्मी ,मंगलप्रसाद योङहाङ (झापा) , सुधा ज्वारचन, गंगा राजन मगर चयन भएका छन् ।

त्यस्तै निर्बिरोध चयन भएको आइसिसी सदस्यहरुमा बुद्धिप्रसाद नेपाल, दिपक पुन,हर्कमान गुरुङ,डा.रोशन शर्मा पौडेल रहेको जानकारी कोरियाबाट प्राप्त भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्