झापा,मंसिर २१ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको क्लिनिकल फर्माकोलोजी विभागले ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको छ । विष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाउन र मृत्युदर कम गर्ने उद्देश्यले सेन्टरको स्थापना गरिएको हो । बिहीबार शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ ( बिष सूचना केन्द्र)को उद्घाटन गरेका हुन् । देशका सात सय ५३ पालिकाका स्वास्थ्य केन्द्र बनाउने उद्देश्यका साथ बिगतमा एकै साथ शिलान्यास गरिए पनि त्यसका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणका विषयमा नसोचेकाले अहिले जनशक्तिको समस्या देखिएको मन्त्री बस्नेतले बताए।