झापा,पुष २२ । झापाको भद्रपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

गएराति भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलनजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवारको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०१–०१३प ९६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार सोही स्थानका २८ वर्षीय लेखनाथ दाहाल घाइते भएका थिए। घाइते उनीहरुलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी हस्पिटल बिर्तामोड पठाएकोमा उपचारको क्रममा दाहालको मृत्यु भएको हो। मोटरसाइकल चालक पाठकको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्