झापा, फागुन ४ । भोलि झापा जिल्लाभर दिनभरि विद्युत अवरुद्ध हुने भएको छ ।

दुहबी ग्रिड शाखाको सूचना अनुसार भोलि अनारमनी वितरण केन्द्र , धुलावारी वितरण केन्द्र , भद्रपुर वितरण केन्द्र र दमक वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण ११ केभी फिडरहरुमा विद्युत अवरुद्ध हुने भएको हो । अनारमनी ग्रिडको १३२ केभी इन्कमरको सीटी अपग्रेडिङ गर्नुपर्ने भएकाले अनारमनी वितरण केन्द्रका सबै फिडरहरु बन्द रहने इन्जिनियर विभव पौडेलले बताए । दमक क्षेत्रमा भने पाडाजुंगी सवस्टेशनबाट केही क्षेत्रमा विद्युत चालु रहने उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्