झापा, बैशाख ५ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र पठाइने भएको छ।

छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ।
प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ– १ (१)का लागि ६८ हजार मतपत्र छापिएको छ । इलाम–२ मा १९ र बझाङ–१ (१) मा ११ उमेदवार छन् ।
इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन् । बझाङमा ६१ हजार ७४ मतदाता छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्