झापा, असार २६ । ताप्लेजुङको काबेली खोलामा आएको बाढीले टिपर बगाएको छ ।

हिजो अपरान्ह ४ बजेको समयमा ताप्लेजुङ सिरीजंगा ७ ओथामास्थित काबेली हाईड्रोपावर कम्पनीको टिपर बगाएको हो । क्रसरको सामान बोकी बागमती प्रदेश ०१–००४ क १३०६ नम्बरको टिपर अचानक चिप्लिएर काबेली खोलामा झर्दा खोलाले बगाएको हो ।
टिपर चालक बाग्लुङ बस्ने २४वर्षीय लोकेन्द्र बुढा टिपरबाट हामफाली ज्यान जोगाएको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।