झापा, असार २६ । झापा गाउँपालिका १ स्थित मिलन बस्तीका बाढीपीडितहरु घर फर्किन थालेका छन् ।

अबिरल बर्षाका कारण झापा गाउँपालिका २ स्थित सिमलवाडी पश्चिम उत्तर तर्फबाट माईखोलाले धार परिवर्तन गरी खोलाको पानी मिलन बस्तीमा पस्दा जम्मा ८१ परिवारमध्ये २५ घरधुरी बिस्थापित भएका थिए ।
पुरुष, महिला, बालबालिका र बृद्धबृद्धा गरि जम्मा ११६ जना विस्थापितहरुलाई हिजो साँझ सितुमारी मनोज मित्तल प्रा.वि. मा स्थानान्तरण गरिएको थियो । आज बिहान पानीको बहाब घटेपछि विस्थापितहरु घरतर्फ फर्किन शुरु गरेको प्रहरीले जनाएको छ ।